पोखरा महोत्सव: २५ सयमा मुक्तिनाथको यात्रा
पाेखरा | माघ ३, २०८२
पोखरा: पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ ।
पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो ।
अन्य समयमा एकतफी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्थापनमा २५ सयमा उपलब्ध गराएको पोखरा महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए । १६ सिट क्षमता भएको ईभी हाइसमा आरामदायी यात्राको उक्त सेवा प्राप्त गर्नका लागि पोखरा महोत्सवको सचिवालयमा नाम टिपाउनु पर्नेछ ।
उक्त बस पोखराबाट बिहान ४ बजे पोखराबाट छुट्नेछ भने साँझ ८ बजे पोखरा आइपुग्नेछ । यात्रुहरुलाई एक छाक शाकाहारी खाना र खाजाको ब्यवस्था महोत्सव आयोजक युनाईटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । खड्काका अनुसार यात्रुहरु एक स्थानबाट दुई भन्दा बढी यात्रुहरु भएमा घर घरबाट पिकअप र ड्रपको ब्यवस्था गरिएको छ ।
महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । दर्शकको उपस्थितिसँगै महोत्सवमा राखिएका स्टलहरुको समेत कारोबार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए ।
महोत्सवको पाँचौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । सपुत संगै शनिवार जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतले प्रस्तुती राखेका थिएभने साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरञ्जन लिए ।
महोत्सवको छैठौं दिन लोक दोहोरी तर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

